काठमाडौं । गायिका एवं पूर्वसञ्चारकर्मी कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेको छन।
ओलीले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कहिले नयाँलाई चान्स दिएन भन्ने भएरै कोमल वलीलाई दिएको जनाए । दिँदा पनि किन दिइयो भन्नेहरु रहेको बताए ।
ओलीले भने, ‘कोमल वलीका विषयमा कुनै असन्तुष्टि छैन । अरु राष्ट्रिय सहमति पो देखियो । कांग्रेसले समेत उहाँविरुद्ध उम्मेदवारी परेन ।’
कोमल वलीलाई टिकट दिएको विषयमा पार्टीभित्र र वाहिर अझ विशेष गरी सामाजिक सञ्जालमा व्यापक विरोध र टीकाटीप्पणी भएको छ ।
तर कोमल वली राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन । उनीसहित देशभरबाट १४ जना महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन । राष्ट्रिय सभा सदस्यको चुनाव आगामी माघ २४ गते हुदै छ ।