बाँदरमुढे पीडितद्वारा सहिद घोषणाको स्वागत

चितवन । बाँदरमुढे घटनापीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले सहिद घोषणा गरेकामा स्वागत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विसं २०६२ जेठ २३ गते चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रीबाहक बसमा भएको बम विस्फोटमा परि मारिएका ३८ जनालाई सहिद घोषणा गरेकामा समितिले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो ।

याे पनि पढ्नुस  प्रहरी जवानलेनै गरे आत्महत्या

समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ ।

समितिले आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारको सहिद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरिने जनाइएको छ ।

याे पनि पढ्नुस  भारतमा बर्डफ्लू , नेपालमा उच्च सतर्कता

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णरुपमा सहयोग गरी पीडितलाई बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मागसमेत गरिएको छ ।

माडीको बाँदरमुढे खोलामा २०६२ साल जेठ २३ गते यात्रीबाहक बसमा बम विस्फोट हुँदा ३८ जनाले ज्यान गुमाएका थिए । ७२ जना घाइते भएका थिए ।
रासस

कमेन्ट गर्नुहोस्