प्रचण्ड गृहजिल्ला जादैं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जादैं छन् । प्रचण्ड  बिहान १०‍३० बजे  चितवन जाने कार्यक्रम रहेकाे छ ।

माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन चितवनको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नै उनी त्यता जान लागेका हुन ।

याे पनि पढ्नुस  तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य: प्रचण्ड (भिडियाेसहित)

प्रचण्डले सम्मेलनलाई दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनी आजै राजधानी फर्किने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्