विश्वकै कान्छा निर्देशकको चलचित्र रिलिज हुँदै

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को रिलिज मिति तय गरिएको छ ।आउँदो वर्ष ०७५ को जेष्ठ ४ मा रिलिज हुने भएको छ । राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीले फिल्म वितरण गर्दैछन् ।

याे पनि पढ्नुस  ‘१२ मासे’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

कमेडी जनरामा तयार पारिएको फिल्ममा सत्य राज आचार्य , गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ , पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई।एल। लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिष्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

कमेन्ट गर्नुहोस्