संसारकै पहिलो इन-डिस्प्ले फिंगरप्रिंट सेंसर फोन सार्वजनिक, अब स्क्रीनले नै चिन्ने भयो औंठा छाप

एप्पल र सामसङ्ग जस्ता ठुला खेलाडीहरूलाई पछि पार्दै चिनियाँ मोबाइल फोन निर्माता कम्पनी भिभोले संसार कै पहिलो इन-डिस्प्ले फिंगरप्रिंट सेंसर स्मार्टफोन सार्वजनिक गरेको छ । भिभो एक्स ट्वेंटी प्लस युडी नाम गरेको यस स्मार्टफोनलाई भिभो र स्नेप्टिकको प्राविधिक साझेदारीमा ल्याइएको हो । स्नेप्टिक अमेरिका स्थित सेंसर निर्माता कंपनी हो ।
स्क्रीन साइज ६.४३ इंच रहेको यस फोनमा स्नैप्टिक क्लियर आइडी ९००५ ऑप्टिकल अंडर डिस्प्ले फिंगरप्रिंट सेंसर दिइएको छ । यसका अतिरिक्त यसमा २१६०*१०८० पिक्सल रिजोल्युसन र १८:९ आस्पेक्ट रेसियो भएको ओएलइडी डिस्प्ले राखिएको छ ।
स्मार्टफोनमा २.२ गिगाहर्ट्जको स्न्याप ड्रागन प्रोसेसर, ४ जिबी ऱ्याम र १२८ जिबी इन्टरनल मेमोरी राखिएको छ । यसलाई आवश्यकता परेको खण्डमा एसडी कार्ड राखेर बढाउन पनि सकिनेछ।
यसमा १२ मेगापिक्सलको ड्यूल रियर क्यामेरा र १२ मेगापिक्सल कै फ्रंट क्यामेरा राखिएको छ । यसको ब्याट्री ३,९०५ एमएएच रहेको जनाइएको छ । हाल यो फोन चिनियाँ बजारमा मात्र उपलब्ध रहनेछ ।
यस अघि एप्पल या सामसङ्गले यो प्रबिधि युक्त फोन ल्याउन सक्ने हल्ला सुनिएका थिए तर भिभोले दुबैलाई यस ममिलामा उछिनेको छ ।
चिनियाँ बजारमा यो फोन भोलि फरवरी १ ( माघ १९) देखि बिक्री हुन थाल्नेछ । यसको प्रारंभिक मूल्य ३,५९८ चिनियाँ युआन राखिएको छ जून नेपाली रुपैया अनुसार लगभग ५८,२३० हुन आउँछ ।

कमेन्ट गर्नुहोस्