आर्थिक सहायता नबाँड्नू: निर्वाचन आयोग

काठमाडौं, माघ १७ । निर्वाचन आयोगले नेपाल सरकारलाई आर्थिक सहायता नबाँड्न निर्देशन दिएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि माघ १२ बाट नै आचार संहिता लागू भइसकेकाले सरकारलाई यसो नगर्न भनेको हो ।

आयोगले आचारसंहिता लागू रहेको अवधिसम्म आर्थिक सहायता रकम उलब्ध नगर्न नगराउन अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको जनाएको छ ।

याे पनि पढ्नुस  प्रचण्ड र माधव नेपालद्वारा ओलीको कडा आलोचना, एकताको नाममा सिद्धान्तसँग सम्झौता गर्न नसकिने भनाई

साथै आयोगले पटक पटक आर्थिक सहायता वितरणको विवरण मागे पनि गृह र अर्थ मन्त्रालयले उपलब्ध नगराएको भन्दै यसका लागि मुख्य सचिवलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

 

कमेन्ट गर्नुहोस्