अन्तरिक्ष यात्रुहरूका निम्ति बन्ने भयो मानव शरीरबाट निष्कासित फोहरबाट खाना

वैज्ञानिकहरूले मानिसको शरीरबाट निष्कासित फोहरलाई प्रशोधित गरेर खान योग्य बनाउन सकिने बताएका छन् । वास्तवमा यसो आम मान्छेहरूका लागि नभई अन्तरिक्ष यात्रीहरूका लागि गरिन थालेको हो । वास्तवमै अन्तरिक्ष यात्रीहरूले लामो समय अन्तरिक्षमा बिताउनु पर्ने भएकाले उनीहरूलाई भोजनको समस्या हुने गर्दछ ।  वैज्ञानिकहरूले यस खोजलाई उक्त समस्याको हलको रूपमा लिएका छन् ।

हुन त यो तपाईं हामीले कल्पना समेत गर्न नसक्ने कुरा हो । तर यस शोधमा सम्बद्ध वैज्ञानिकहरूले आफुहरूले मान्छेको दिसालाई फेरि खानामा परिणत गर्नसक्ने र यसबाट अन्तरिक्ष यात्रामा खानाको सहजता हुने बताएका छन् ।

याे पनि पढ्नुस  अन्तरिक्षमा पहिलो पटक हिँड्ने एलेक्सी लियोनोवको निधन

एउटा रिपोर्ट अनुसार  वैज्ञानिकहरूले यस प्रक्रियामा सूक्ष्म जीवाणुहरूको प्रयोग हुने बताएका छन् । यस प्रक्रियामा मानव मलबाट ठोस र तरल अलग गरेर त्यसबाट प्रोटिन र चिल्लो पदार्थ झिकेर खान योग्य सामग्री तयार पारिने दाबी गरिएको छ ।

एनारोबिक डाइजेशन नाम गरेको यस प्रक्रियालाई यस अघि फोहोर व्यवस्थापनका निम्ति प्रयोग गरिने गरेको भए पनि मानव मललाई नै यस प्रक्रिया मार्फत प्रशोधित गरी फेरि खानाको रुपमा ल्याइने यो पहिलो प्रास भनिएको छ ।

याे पनि पढ्नुस  अन्तरिक्षमा पहिलो पटक हिँड्ने एलेक्सी लियोनोवको निधन

अमेरिकाको पेन्सिलभेनिया स्टेट विश्वविद्यालयका सूक्ष्म-जीवाणु शोध विशेषज्ञ प्राध्यापक क्रिस्टोफर हाउसले भने,”हामीले अन्तरिक्ष यात्रीहरूको मललाई सूक्ष्म-जीवाणुहरूका माध्यमले प्रशोधित गऱ्यौं र प्राप्त नतिजाहरू सुखद रहेका छन् ।” उनले अगाडि भने, “यो फरक लाग्न सक्छ तर हामीले यसमा अझै धेरै काम गर्नु बाँकी छ ।”

याे पनि पढ्नुस  अन्तरिक्षमा पहिलो पटक हिँड्ने एलेक्सी लियोनोवको निधन

यस पुनर्चक्रण प्रक्रियाले अन्तरिक्ष यात्रीहरूको खाना सम्बन्धी समस्याको समाधान गर्ने देखिन्छ । वैज्ञानिकहरूले अन्तरिक्षमा आलु, गोलभेंडा आदि उमार्ने कोसिस त गरेका छन् तर यी साह्रै खर्चिला र अव्यवहारिक तरिकाहरू हुन् । वैज्ञानिकहरू भन्दछन्, “सुन्दा जस्तो लागे पनि भविष्यको तरिका यही हो ।”

 

कमेन्ट गर्नुहोस्