मुसाहरूले सताएका छन् ? मोबाइल छ भने चिन्ता लिनु पर्दैन, यस्तो छ तरिका

मुसाहरूले नसताएको कसलाई होला र ? हामी मुसाहरू भगाउन के के गर्दैनौं, औषधि राख्ने, बिरालो पाल्ने या जाबी राख्ने । यति गरेर पनि मुसाहरूको समस्याबाट मुक्ति पाइन्छ नै भन्ने चाहिँ छैन । तर अब भने मुसाहरूलाई लखेट्न बिरालो पाल्ने, औषधि राख्ने या जाबी राख्ने जस्ता झंझटबाट मुक्त भइएला जस्तो छ ।

हो, अचेल मोबाइल फोनले हाम्रा धेरै समस्याहरूको समाधान ल्याइदिएको छ र मुसाहरूद्वारा सिर्जित समस्याको समाधान पनि मोबाइल फोनले ल्याएको छ । भर्खर मात्रै ‘एन्टी-ऱ्याट-सोनार’ नामक एप सार्वजनिक भएको छ । निरन्तर १० वर्षको शोध पश्चात तयार पारिएको भनिएको यस एपका निर्माताहरूले यसबाट निस्किने ध्वनि तरङ्गहरू सुनेर मुसाहरू भाग्ने दाबी गरेका छन् ।

याे पनि पढ्नुस  नेपालमै अब मोबाइल निर्माण

अब मुसाहरूको प्रकोपबाट मुक्ति पाउनका लागि गुगल प्ले स्टोरमा उपलब्ध यस एपलाई आफ्नो स्मार्टफोनमा इन्स्टल गरे पुग्छ । त्यस पछि यसमा क्लिक गर्नासाथ यसबाट मुसाहरूका लागि अप्रिय ध्वनि तरङ्गहरू उत्सर्जित हुनेछन् र मुसाहरू कुना काप्चामा लुकेका भए पनि भागेर जानेछन् ।

याे पनि पढ्नुस  हुआवेले ल्याउँदै ४० एमपी ट्राई क्यामेरा फोन, आइफोन एक्स र सामसङ्ग एस-नाइनसँग हुनेछ टक्कर

जस्तो कि यसको फ्रिक्वेन्सी सेटिंगलाई परिवर्तन नगरी डिफल्ट मोडमै रहन दिनु पर्दछ । अर्को कुरा यो एप बढी हो-हल्ला भएको ठाउँमा खासै काम गर्दैन त्यसैले मुसाहरू लखेट्न यस एप्को प्रयोग गर्नु पूर्व सकेसम्म बाहिरी अवाज कम होस् भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ । यसो गर्दा ध्वनि तरङ्गहरूको सिधा असर मुसाहरूमा पर्न गई उनीहरू भाग्ने हुन्छन् ।

याे पनि पढ्नुस  मोबाइल सिरानीमुन्तिर राखेर सुते यस्ता जोखिम

हालसम्म यस एप्लिकेसनलाई एक लाख भन्दा बढी प्रयोगकर्ताहरूले डाउनलोड गरिसकेका छन् र यसमा राम्रा प्रत्क्रियाहरू समेत प्राप्त भइरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्