केपी ओलीको प्रस्ताव: ईश्वर पोखरेललाई पार्टी अध्यक्ष, माओवादीभित्र खैलाबैला

काठमाडौं, माघ १८ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले तत्काल पार्टी एकता नहुने खुलाशा गरेका गरेका छन् । आफू निकटका नेताहरूसँगको गोप्य भेलामा पोखरेलले केपी ओलीले माओवादीसँग पार्टी एकता नहुने आफूलाई जानकारी दिएका हुन् ।

स्रोतका अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष दिँदा भविष्यमा पार्टी अध्यक्ष बन्ने बाटो बन्द हुने पोखरेलको निष्कर्ष छ ।

त्यति मात्रै होइन एमालेभित्र माधवकुमार नेपालसहितका नेताहरूको समूह बलियो हुने उनको भनाइ छ । ओलीले माओवादीसँग पार्टी एकता नगर्ने र ईश्वर पोखरेललाई एमालेको भावी अध्यक्ष बनाउने रणनीतिमा रहेका स्रोतको भनाइ छ ।

ओलीले आफू स्वस्थ नरहेको र एमालेको नेतृत्वका लागि पोखरेल उचित व्यक्ति रहेको बताएका छन् । अ‌ोलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद आफूले एकसाथ सम्हाल्न नसक्ने भन्दै अध्यक्षको तयारी गर्न निर्देशन दिएको पोखरेललाई उदृत गर्दै एक नेताले बताए ।

ओलीको भनाइ उदृत गर्दै पोखरेलले आफ्नो गुटको भेलामा भने, ‘वाम गठबन्धनको सरकार बन्छ, उता तपाई महाधिवेशनको तयारी गर्नुस् । अध्यक्ष बन्ने रणनीतिमा काम गर्नुस ।’
-नेपालपानाबाट

कमेन्ट गर्नुहोस्