जनयुद्द दिवसको तयारीमा वाईसिएल, ओली र प्रचण्ड प्रमुख अतिथि

वाईसिएल नेपालले देशका १० शहरमा जनयुद्द दिवस मनाउने  भएको छ । संगठनले एक विज्ञप्ति प्रकाशित गर्दै यो जानकारी दिएको हो ।

 

पढ़नुस विज्ञप्ति

मिति २०७४ पुष १८ गते
प्रेस वक्तव्य

हाम्रो संगठन वाइसीयल नेपालको यहि माघ १८ गते काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको बैठकले लिएका निर्णय जानकारी एंव संम्प्रेषणका लागी यो बक्तव्य जारी गरिएको छ ।
१. बैठकले महान जनयुद्दको २३ औं वार्षिकोत्सव ‘महान जनयुद्दको २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाऔं, युवा नेतृत्वको विकास सहित बाम गठबन्धनलाई पार्टी एकतामा बदलौं !’ भन्ने मुल नाराका साथ संगठनका सबै तहका कमिटिहरुले भव्यतापूर्वक मनाउने र देशभरका १० वटा शहरहरुमा केन्द्रिकृत रुपमा तर आआफ्ना सापेक्षतामा मनाउने निर्णय भयो । सबै शहरहरुमा जनयुद्द दिवसको तयारीका लागी निम्न कमरेडहरुको संयोजन रहने निर्णय भयो –
१. इटहरी–पूर्ण भुजेल, २. विरगंज–लालेन्द्र कुमार मण्डल, ३. काठमाडौं– ज्ञान बहादुर गुरुङ्, ४. चितवन–केहरसिंह कुँवर, ५. पोखरा– विनय थापा, ६. बुटवल– गंगा कार्की ‘पुजा’, ७. दाङ्–गणेश शाही, ८. नेपालगंज–रतन शाही, ९. सुर्खेत– गगन बहादुर मल्ल ‘युनाईटेड’, १०. धनगढी– सुरज सिंह ।
–जनयुद्द दिवशको क्रममा काठमाडौंको पेसिडाँडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका दुवै पार्टीका अन्य शिर्ष नेताहलाई निमन्त्रणा गर्ने निर्णय भएको छ ।
–साथै बैठकले केही संगठनात्मक निर्णय समेत लिएको छ ।

क्रान्तिकारी अभिवादन सहित !
राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष
सुवोधराज शेर्पाली
महासचिव

कमेन्ट गर्नुहोस्