सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना

काठमाडौ‌ं । सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकास्थित विपि चोकमा भविसोर पराजुलीको अध्यक्षतामा भेला सम्पन्न भएको छ ।

उक्त भेलाले २०७४ फागुन १८ गते सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित फलफूलचोक नजिकको मैदानमा सम्पन्न गर्न भविसोर पराजुलीको अध्यक्षतामा सम्मेलन मूल आयोजक समिति चयन गरेको छ ।

भेलाले सम्मेलनलाई व्यवस्थित र प्रभावकारीरुपमा सफल पार्न विभिन्न उपसमिति गठन गरेको छ भने सम्मेलनमा देशभरिबाट सुशासन र सम्वृद्धिका क्षेत्रमा योगदान पुर्याउँदै आएका र विकास प्रेमी आम जनसमुदायको भव्य सहभागिता गराई प्रधानमन्त्रीद्वारा उद्घाटन गराउने निर्णय गर्नुको साथै सम्मेलनको दोस्रो दिन १९ बर्तमान नेपालको व्यवहारिक र वस्तुवादी विकासको मोडेल माथि व्यापक छलफल गरी त्यसलाई पत्रकार सम्मेलन मार्फत फागुन २० गते कावासोती घोषणापत्रको रुपमा जारी गर्ने निर्णय गरेको छ ।

 

कमेन्ट गर्नुहोस्