यो रक्सी खाए दिमाग तेज हुन्छ रे

काठमाडौं, रक्सी सेवन गर्नु कुनै पनि दृष्टिमा सही मान्न सकिँदैन । तर एक अध्ययनमा भने केही मात्रामा वाइन भन्ने रक्सी सेवन गरेको खण्डमा यसले मष्तिष्कमा रहेका विषाक्त कुरालाई निकाल्न मद्दत गर्छ ।

यतिमात्र होइन, अल्जाइमरका बिरामीलाई समेत यसले फाइदा पुर्याउँछ रे ।

कतिपय अध्ययनहरुले अधिक मात्रामा रक्सी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने तर कम मात्रामा सीमाभित्र रहेर रक्सी खाँदा कतिपय रक्सीले ह्दयसम्बन्धी बिरामीको खतरा कम हुने पनि नदेखाएका होइनन् । तर ह््रदयाघात हुने सम्भावना रक्सीले बढाउने समेत अध्ययनहरुले देखाएका छन् ।

अमेरिकाको यूनिभर्सिटी अफ रोचेष्टका म्याकेन नेडरगार्डका अनुसार, लामो समयसम्म बढी रक्सी पिउँदा केन्द्रीय तन्त्रिका तन्त्रमाथि विपरित असर पर्दछ ।
र, यो अध्ययनमा कम मात्रामा रक्सी सेवन गर्नु मष्तिष्कका लागि फाइदाजनक हुने पनि बताइएको छ ।

यो अध्ययन जर्नल साइन्टिफिक रिपोर्टसमा प्रकाशित भएको छ । रक्सीको फाइदाका कुरा गर्दै जर्नलमा ग्लिम्फैटिक प्रणालीमा रक्सीले केन्द्रीत गर्ने हुँदा मष्तिष्कबाट अनावश्यक जानकारी निकाल्न मद्दत पुग्ने बताइएको छ ।

अध्ययन मुसामाथि गरिएको थियो । मुसालाई बिभिन्न किसिमका रक्सी खुवाएर रक्सीको तीब्र र दीर्घकालिन प्रभाव हेरिएका थिए ।

कमेन्ट गर्नुहोस्