त्रिदेशीय शृंखलाको पहिलो म्याच: १ सय १७ रन बनाउने  बनाउने न्युजिल्याण्ड हाऱ्यो ९६ रन बनाउने अस्ट्रेलियासँग

काठमाडौँ । अस्ट्रेलिया, न्युजिल्याण्ड र इंग्ल्याण्डबीच जारी टि-ट्वेन्टी क्रिकेट शृंखला अन्तरर्गत सिड्नीमा भएको पहिलो म्याचमा घरेलु टोली अस्ट्रेलियाले न्युजिल्याण्डलाई ७ विकेटले स्तब्ध पारेको छ ।

अस्ट्रेलियाले टस जितेर न्युजिल्याण्डलाई ब्याटिंगको निम्ता दिएको थियो । निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १सय १७ रन जोड्न सफल न्युजिल्याण्डलाई अस्ट्रेलियाले ११ दशमलव ३ ओभरमै ३ विकेट गुमाएर ९६ रन बनाएर हरायो ।

वास्तवमा भएको के थियो भने खेलको वर्षाको कारण बाधित हुन पुगेपछि डकबर्थ लुइस नियम अनुसार अस्ट्रेलियालाई १५ ओभरमा ९५ रन्को लक्ष मिलेको थियो । जसलाई अस्ट्रेलियाले २१ बल बाँकी रहँदै तीन विकेट गुमाएर प्राप्त गरेको थियो ।

अस्ट्रेलियाको जीतमा एंड्रयु ट्ये  र बिली स्टनलेकको कसिलो बलिंग र क्र्रिस लिन र ग्लेन म्याक्सवेलबीच ७७ रनको महत्वपूर्ण साझेदारीको प्रमुख भूमिका रह्यो ।

आफ्नो क्यारियरको चौथो टि-ट्वेन्टी म्याच खेलिरहेका स्टनलेकले सुरुका दुई बलमै दुबै ओपनिंग ब्याट्सम्यान को लिन मुनरो (३ रन) र मार्टिन गुप्टिल (५ रन) लाई तथा दोस्रो ओभरमा टम ब्रुस ( ३ रन) मा प्याभेलियन फर्काएका थिए । त्यस्तै ट्येले पनि ४ विकेट झारेपछि न्युजिल्याण्डसँग मैदानमा कुनै चमत्कार देखाउने सम्भावना नरहेपछि उसको स्कोर १ सय १७ मा सीमित रहेको थियो ।

न्युजिल्याण्डका लागि अलराउण्डर कोलिन डि ग्र्यान्डहोमले टिमका लागि २४ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै नटआउट ३८ रन बनाएका थिए ।

अस्ट्रेलियाको पनि सुरुको खेल निराशाजनक नै रह्यो ।  टिमको स्कोर १० रन हुँदा ओपनरहरू क्याप्टेन डेभिड वार्नर (६) र डी’आर्की सट (४) मै आउट भए ।  त्यसपछि आएका लिनले ३३ बलमा ४४ र म्याक्सवेलले २४ बलमा ४० रन बनाएर सानदार ब्याटिंग गर्दै टिमलाई सम्हालेका थिए ।

न्युजिल्याण्डको तर्फबाट बलिंगमा ट्रेंट बोल्टलाई २ र टिम साउदीलाई एउटा सफलता मिलेको थियो ।

शृंखलाको दोस्रो म्याच बुधवार इंग्ल्याण्ड र अस्ट्रेलियाबीच होबार्टमा खेलिनेछ ।

 

कमेन्ट गर्नुहोस्