चुट्किला : सेरेलाई करेन्ट

सेरे सडकमा हिंडिराखेको थियो त्यत्तिकैमा एउटा बिजुलीको खम्बा ढलेछ र ११ हजार भोल्टको तार उसमाथि परेछ ।

ऊ छटपटाउन थाल्यो ।

ऊ मर्नै आँटेको थियो ।

त्यत्तिकैमा…

उसलाई याद आयो- ओहो, अहिले त लोड सेडिङ् छ, करेन्ट कसरी लाग्न सक्छ ।
ऊ जुरूकक उठ्यो र भन्यो-“हत्तेरीका अहिले नसम्झेको भए मर्ने पो रैछु ।”

कमेन्ट गर्नुहोस्