प्रधानमन्त्री पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं पूर्व सासंद आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ।

आइतबार पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्कर दिने गाडी फरार भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  अारजुलार्इ राष्ट्रिय सभामा लाने प्रधानमन्त्री देउवाको तयारी, अरू को-को ?

ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ । ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्