चुट्किला: मुन्द्रेको अन्तरवार्ता

सरकारी अस्पतालमा कर्मचारी भर्नाको निम्ति अन्तरवार्ता चल्दैछ ।
हाकिमले एउटा प्रश्न सोध्ने बित्तिकै उम्मेदवारलाई अस्वीकृत गर्दैछ ।

हाकिम: तिम्रो नाम के हो ?
उम्मेदवार: सर, सरला पौडेल ।
हाकिम: बाहिर जाउ ।

अब अर्को जनाको पालो…

हाकिम: तिम्रो नाम के हो ?
उम्मेदवार: अंकित थापा ।
हाकिम: गेट आउट !

याे पनि पढ्नुस  चुट्किला: निःसन्तान हम जायेगा !

अर्को…

हाकिम: नाम?
उम्मेदवार: हजुर, राजु क्षत्री !
हाकिम: तिम्रो काम छैन । गेट लस्ट !
.
.
.
यसैगरी एक सय ५० जनालाई बाहिर पठाइसकेपछि ….
.
.
.
.
.
.
.
.
अब पालो मुन्द्रेको…

हाकिम: तिम्रो नाम के हो ?
मुन्द्रे चुप…।
हाकिम: व्हाट इज योर नेम ?
मुन्द्रे अझै चुप..।
हाकिम (झर्किएर): तिम्रो नाम के हो यार ?
मुन्द्रे अझै पनि चुप…।
हाकिम (हात जोड्दै): सर प्लीज हजुरको नाम के हो ?
मुन्द्रे (रुखो पाराले): मलाई था’छैन । बाहिर मेडिकलमा गएर सोध्नुस् !

याे पनि पढ्नुस  ठुलो गिफ्ट (चुट्किला)

.

.

.

हाकिम: बधाई छ ! तपाईं नै हो हामीले खोजे जस्तो मान्छे । लौ तपाईंको नौकरी पक्का !!!

कमेन्ट गर्नुहोस्