नेपालमा पनि सबैभन्दा महङ्गो र स्तरीय सेमी लो–फ्लोर बस

काठमाडौं । विदेशमा सहरहरुमा देख्न पाइने सुविधासम्पन्न समेी लो–फ्लोर बस नेपालमा पनि चल्ने भएको छ ।

साझा यातायातले यो बस सञ्चालनमा ल्याउन लागेको हो । यो नेपालको सार्वजनिक यातायातमै सबैभन्दा महंगो र स्तरीय बस हो ।

भारतीय कम्पनी अशोक ले–ल्याण्डले तयार गरेको बस भारतबाट सोमबार काठमाडौं ल्याइएपछि काठमाडौंका सडकमा गुडनेछ ।

याे पनि पढ्नुस  साझा यातायात चल्न नदिने यातायात व्यवसायीको चेतावनी

योसँगै साझा २० वटा थप सिटी बस समेत भित्र्याउने भएको छ ।
यसअघि काठमाडौं महानगरले १० करोड दिएपछि साझाले ३० वटा बस भित्र्याएको थियो, जुन काठमाडौंका विभिन्न रुटमा चलिरहेका छन् ।

साझाले यसपटक एउटा विशेष किसिमको शहरी बस किनेर काठमाडौं उपत्यकामा परीक्षण गर्ने योजना पनि बनाएको छ ।

याे पनि पढ्नुस  अब घरबाटै साझा बसको टिकट

यो बस बाँसबारीदेखि पाटनसम्मको अस्पताल क्षेत्रलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने योजना रहेको साझाकाम निमित्त कार्यकारी अधिकृत ९सीईओ० महेन्द्रराज पाण्डेयले बताएको अनलाइनखबरको समाचारमा उल्लेख छ ।

यो बसमा अशक्त, अपांग र बिरामीलाई चढ्न ओर्लन सजिलो हुन्छ, त्यसैले न्युरो अस्पतालबाट छुटाएर टिचिङ, कान्ति, वीर अस्पताल अल्का हुँदै पाटन अस्पतालसम्म यसले सेवा दिने योजना छ,’ पाण्डेयले भने ।

कमेन्ट गर्नुहोस्