चुट्किला : आफ्ना विद्यार्थिमाथि भरोसा गर्ने प्रिंसिपल

एउटा इंजीनियरिंग कलेजका शिक्षकहरूलाई विदेश भ्रमणको अवसर मिलेछ ।

उनीहरू सबै हवाईजहाजमा बसिसकेपछि पाइलटले घोषणाका गरे –
‘नमस्कार ! यस कलेजका सम्पूर्ण शिक्षकहरूका निम्ति गर्वको कुरा हो कि आज यहाँहरू आफ्नै कलेजका प्रतिभावान विद्यार्थीहरूले बनाएको जहाजमा यात्रा गर्दै हुनुहुन्छ । र, अर्को खुसीको कुरा यो यस प्लेनको पहिलो उडान हो… ।’

याे पनि पढ्नुस  चुटकिला : बिबाह अघी र बिबाह पछी

त्यसपछि के थियो !

सबै शिक्षकहरू आतंकित !

कतै प्लेन उडान भर्दा भर्दै दुर्घटनामा नपरोस भन्दै सबै हस्याङफस्याङ गर्दै बाहिर निस्के….।

तर कलेजका प्रिंसिपल साहेब चाहिँ शान्त मुद्रमा बसिरहे !

यो देखेर पाइलटले उनीकहाँ गएर सोधे, “सबै सरहरू विद्यार्थीले बनाएको भनेर थाहा पाउने बित्तिकै डरले ओर्लिसक्नु भयो हजुरलाई डर लागेन ?
.
.
.
.
प्रिंसिपल साहेबले मन छुने उत्तर दिनु भयो –
.
.
.
.
‘हेर्नोस् मलाई मेरा शिक्षकहरूमा भन्दा विद्यार्थीहरूमा विश्वास छ ।
.
.
.
.
तपाईं ट्राई गरेर हेर्नुस, प्लेन स्टार्ट मात्रै भो भने पनि बाजी भो !!!

कमेन्ट गर्नुहोस्