मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्यमा छ सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने मंगलबार ७ सय ५० रुपैयाँमै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्