समस्या समाधानमूलक प्रश्नोत्तरः शिक्षक सेवा (निमावि सामाजिक)

वर्तमान परिवर्तित सन्दर्भमा नयाँ नेपाल निर्माणको सपना देख्ने युवा पुस्ताबीच हाम्रा परम्परा, मूल्य र मान्यतालाई भत्काउनुपर्ने वा यसलाई तोड्नुपर्ने नारा कर्णप्रिय लाग्ने गरेको देखिन्छ । अर्कोतर्फ किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकाहरूलाई पढाइने विषयवस्तुमा सामाजिक मूल्य र मान्यतालाई जोड दिएको पनि देखिन्छ ।

निम्न माध्यमिक तहको पाठ्यक्रमले सामाजिक अध्ययन विषयमा हाम्रा परम्परा, सामाजिक मूल्य र मान्यतालाई प्राथमिकतामा नै राखेको देखिन्छ ।

यो परिवेशमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः वास्तवमा हाम्रो परम्परा हाम्रो परिचय पनि हो । त्यसैले हामीले हाम्रो धर्म, संस्कृतिअनुसार प्राचीन कालदेखि चलिआएका परम्परा र संस्कारलाई संरक्षण गर्नुपर्दछ । सबै धर्म, संस्कृतिप्रति सहिष्णुता राखी समाजमा चलिआएका सामाजिक परम्परा र संस्कारलाई बचाइ राख्न सके सामाजिक मूल्य र मान्यता पनि सुरक्षित रहन्छन् ।

याे पनि पढ्नुस  बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति

सामाजिक मूल्य र मान्यताभित्र आफ्ना वैयक्तिक, सामाजिक, नैतिक तथा राष्ट्रिय कर्तव्य र दायित्व पर्दछन् । हामीले हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्नुपर्दछ । त्यसैले निम्नमाध्यमिक तहको पाठ्यक्रमले सामाजिक अध्ययन विषयमा हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेको पाइन्छ ।

अतः विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखापरेका समस्याहरू निम्नलिखित छन्-

१. विदेशी शिक्षाको नकारात्मक प्रभाव पर्नु ।

२. विदेशी सामाजिक संस्कृति तथा मूल्य मान्यताको प्रभाव पर्नु ।

३. कमजोर राजनैतिक र आर्थिक अवस्था हुनु ।

४. नैतिक शिक्षालाई विद्यालय तहमा अनिवार्य नगरिनु ।

५. विदेशी अर्थतन्त्रमा भर पर्नु ।

याे पनि पढ्नुस  करारमा जागिर खुल्यो

६. व्यावहारिक भन्दा सैद्धान्तिक शिक्षामा जोड दिइनु ।

७. शिक्षक र अन्य सम्बद्ध पक्षमा राष्ट्रिय भावनाको कमी हुनु ।

८. विद्यार्थीहरूलाई आफ्ना सकारात्मक परम्परा, मूल्य र मान्यताप्रति सचेत गराई व्यवहारमा उतार्न अभिप्रेरित गर्न नसक्नु ।

९. अन्तर्राष्ट्रिय सञ्चार माध्यमको नकारात्मक प्रभाव पर्नु ।

१०. साम्प्रदायिक भावनाको सङ्क्रमण बढ्नु ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रा परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखापरेका माथि उल्लिखित समस्याहरू समाधानका लागि निम्नलिखित उपायहरू अपनाउन सकिन्छः

१. विद्यार्थीहरूलाई स्वाधीनता र स्वाभिमान विकास गर्ने खालको शिक्षा दिन ।

२. सहमति र सहकार्यको आधारमा राजनैतिक स्थिरता कायम गर्ने ।

३. स्थानीय स्तरमा प्रचलित सामाजिक मूल्य र मान्यता र तिनका सकारात्मक र नकारात्मक पक्षबारे परियोजना कार्य गर्न लगाउने ।

याे पनि पढ्नुस  जान्नुहोस्, परीक्षा तयारीका ७ टिप्स

४. विद्यार्थीहरूलाई आफ्ना सकारात्मक मूल्य र मान्यताप्रति सचेत गराई व्यवहारमा उतार्न अभिप्रेरित गर्ने विद्यालयको वातावरण हुनुपर्ने ।

५. आफ्नो देशको सम्मानमा आघात पार्ने तरिकाले विदेशी शिक्षा स्वदेशमा दिनुपर्ने अथवा विदेशी शिक्षा कतिसम्म प्रदान गर्ने हो त्यसको सीमा निर्धारण गर्नुपर्ने ।

६. नैतिक शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गरी तल्लो तहदेखि नै विद्यार्थीहरूलाई ज्ञान र सीप दिनुपर्दछ ।

७. सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञानमा जोड दिएर शिक्षा दिनुपर्दछ ।

८. हामी एक हौँ को अवधारणालाई व्यापकता दिइनुपर्दछ ।

९. स्वदेशी सञ्चार माध्यमहरू मार्फत् हाम्रा सामाजिक परम्परा, मूल्य र मान्यतालाई आवश्यक मात्रामा प्रचारप्रसार गर्नुपर्दछ ।

१०. विद्यार्थी मूल्याङ्कन गर्दा स्थानीय सामाजिक परम्परा, मूल्य र मान्यताको अभिवृद्धिमा आवश्यक मात्रामा ध्यान दिनुपर्दछ ।

अखबरपानाबाट साभार

कमेन्ट गर्नुहोस्