सुमार्गीको २ अर्ब १४ करोड रुपैयाँ नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटलाईट कम्पनीको लागि ल्याएको २ अर्ब १४ करोड रुपैयाँ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिट निवेदनका कानुन व्यवसायीहरुको बहस सुनेपछि अन्तरिम आदेश जारी गरेको हो ।

याे पनि पढ्नुस  हट्यो सास्तीः अब सर्वोच्चको तारेख जिल्लाबाटै

सर्वोच्चले यस विषयमा विस्तृत छलफलका लागि आगामी फागुन २ गते दुवै पक्षलाई झिकाउने भएको छ । गत आइतबार रिट निवेदन दर्ता भएको थियो । यो मुद्दामा वरिष्ठ अधिवक्ता रामनारायण विडारी, राघवलाल वैद्यसहित बार अध्यक्ष शेरबहादुर केसी, अधिवक्ता हरि फूयाललगायतले बहस गरेका थिए ।

याे पनि पढ्नुस  अपर कर्णालीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

कमेन्ट गर्नुहोस्