दरबारमार्ग बलात्कार घटना: इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीकाे पोलीग्राफ परीक्षण

काठमाडौं, माघ २४। दरबारमार्गमा भएकाे सामुहिक बलात्कारको घटनामा मिलापत्र गराउने प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मणसिंह ठकुरीकाे पोलीग्राफ परीक्षण गरिएको छ । झुट बोलेको पत्ता लगाउन साेमबार उनकाे पाेलीग्राफ परीक्षण गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

गत ११ माघमा दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएकाे थियाे । साे घटनालाई ढाकछोप गर्न मुख्य भूमिका खेलेको आरोपमा इन्स्पेक्टर ठकुरीलाई प्रहरीले थुनामा राखेको छ ।

सामूहिक बलात्कारजस्तो जघन्य अपराधको घटनालाई आर्थिक लाभ लिएर मिलापत्र गराएको भन्दै गृह मन्त्रालयले ठकुरीलाई निलम्बन गरेको छ । प्रहरी निरीक्षक ठकुरी र पीडित युवतीको बयान बाझिएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन पोलीग्राफ परीक्षण गरेको जनाएकाे छ ।

त्यस्तै अभियुक्तलाई भगाएको आरोपमा सई चन्द्र भण्डारीलाई प्रहरी प्रधान कार्यालयले यसअघि नै निलम्बन गरेको थियो भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई जिल्लामा तानेर अनुसन्धान भइरहेकाे छ ।

कमेन्ट गर्नुहोस्