सरकारलाई विद्यार्थी संगठनको ६ दिने अल्टीमेटम, माग पूरा नभए कडा आन्दोलनको चेतावनी

काठमाडौं। प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा देखापरेका पछिल्लो समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघले एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले तोकेको मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरितन्त्र र चर्को शुल्क असुलीलाई रोकी कारवाही प्रक्रिया अघि बढाउन तीनै संगठनका अध्यक्ष नविना लामा, रञ्जित तामाङ र नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोली गठन गरिएको उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  चिकित्सा शिक्षा अध्यादेश जारी, यस्तो छ व्यवस्था

उक्त टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर चितवन, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगंजको अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै लिटिल एन्जल्स, डिएभी, जेम्स, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल र युनाइटेड एकेडेमी लगायतका विद्यालयले राज्यलाइ अटेर गरी कर नतिरेको भन्दै ६ दिन भित्र कर असुल गर्न पनि सम्वन्धीत निकायलाई विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  अब छिट्टै शिक्षा र स्वास्थ्य क्षेत्रको सिन्डिकेट अन्त्य : गृहमन्त्री थापा

यस्तै संविधानप्रदत्त अधिकार अनुरुप आधारभुत र माध्यामिक शिक्षालाई पुर्ण रुपमा निशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रवाट लागु गर्न अहिलेबाटै तयारी अगाडि बढाउन पनि माग गरिएको छ ।

यस्तै शैक्षिक सत्र शुरु हुनु अगावै निजी विद्यालयहरुले नर्सरी, मन्टेश्वरी, शिशु शिक्षादेखि उच्च शिक्षा सम्म मनपरी शुल्क लिने रवैया अविलम्व रोक्न र निजीक्षेत्रको मनपरी रोक्न याथासक्य चाडो सरोकार बालाहरुको वैठक गरी विज्ञहरुको सहमतिका आधारमा नियमन र निगरानी गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

याे पनि पढ्नुस  एक वर्षमा पहुँचवालालाई सरकारले बाँड्यो ८३ करोड

आफूहरुको माग र सरोकारलाई अविलम्व सम्वोधन गरी हल नगरिएमा कडा संघर्पमा उत्रन वाध्य हुने समेत विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्