सरकारलाई विद्यार्थी संगठनको ६ दिने अल्टीमेटम, माग पूरा नभए कडा आन्दोलनको चेतावनी

काठमाडौं। प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा देखापरेका पछिल्लो समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेविसंघले एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले तोकेको मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरितन्त्र र चर्को शुल्क असुलीलाई रोकी कारवाही प्रक्रिया अघि बढाउन तीनै संगठनका अध्यक्ष नविना लामा, रञ्जित तामाङ र नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोली गठन गरिएको उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  एमबिबिएस भर्नामा चर्को शुल्क लिएको विरोधमा ‘हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्दै प्रदर्शन

उक्त टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर चितवन, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगंजको अनुगमन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै लिटिल एन्जल्स, डिएभी, जेम्स, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कुल र युनाइटेड एकेडेमी लगायतका विद्यालयले राज्यलाइ अटेर गरी कर नतिरेको भन्दै ६ दिन भित्र कर असुल गर्न पनि सम्वन्धीत निकायलाई विद्यार्थी संगठनले आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  मन्त्रालयहरूको कार्यप्रगतिबारे समीक्षामा सरकार

यस्तै संविधानप्रदत्त अधिकार अनुरुप आधारभुत र माध्यामिक शिक्षालाई पुर्ण रुपमा निशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रवाट लागु गर्न अहिलेबाटै तयारी अगाडि बढाउन पनि माग गरिएको छ ।

यस्तै शैक्षिक सत्र शुरु हुनु अगावै निजी विद्यालयहरुले नर्सरी, मन्टेश्वरी, शिशु शिक्षादेखि उच्च शिक्षा सम्म मनपरी शुल्क लिने रवैया अविलम्व रोक्न र निजीक्षेत्रको मनपरी रोक्न याथासक्य चाडो सरोकार बालाहरुको वैठक गरी विज्ञहरुको सहमतिका आधारमा नियमन र निगरानी गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

याे पनि पढ्नुस  अब बालबालिकालाई खाजा होइन, अभिभावकलाई नगद दिइने

आफूहरुको माग र सरोकारलाई अविलम्व सम्वोधन गरी हल नगरिएमा कडा संघर्पमा उत्रन वाध्य हुने समेत विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्