प्रदेश ४ को राष्ट्रियसभा सदस्यको मतपरिणाम सार्वजनिक, कुन पार्टी कति विजयी

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसका बिन्दादेवी आले राना तथा नेकपा एमालेका दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै, दलित तर्फबाट नेकपा माओवादी केन्द्रका खिमकुमार विक निर्वाचित हुनुभएको छ । अन्य समूहका विजेता तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा हुनुहुन्छ ।

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्