माओवादीका वरिष्ठ नेता दीनानाथ शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ट नेता दीनानाथ शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ४ बाट शर्मा खुलातर्फबाट उम्मेदवार बनेका थिए । शर्मा वाम गठबन्धनका साझा उम्मेदवार शुन ।

प्रदेश नं ४ बाट वामगठबन्धनबाट माओवादी केन्द्रबाट दीननाथ शर्मा (खुल्ला), हिमबहादुर बिक (दलित) र एमालेबाट गणेश तिमिल्सिना (खुल्ला), दीपा गुरुङ (महिला) विजयी भएका छन्।

भने कांग्रेसबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भएका हुन । अपाङ्ग कोटाबाट एमाले उम्मेदवार रामबहादुर थापाले पुरानो परिचयपत्रका साथ उम्मेदवारी दर्ता गरेपछि कांग्रेसका प्रकाश पन्थ निर्विराेध निर्वाचित भएका हुन ।

त्यस्तै कांग्रेसबाट महिला कोटाबाट बिन्दा राना आले र सुरेन्द्रराज पाण्डेले पनि विजय हासिल गरी यो प्रदेशबाट राष्ट्रिय सभासम्मको आफ्नो यात्रा सुरक्षित गरेका छन्।

कमेन्ट गर्नुहोस्