बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने बिहीबार ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्