प्रमोद डिजीको आधुनिक गीत ‘सपना’ सार्वजनिक

काठमाडौं । युवा प्रतिभावान गायक प्रमोद डिजीको आधुनिक गीति सपना युटुव मार्फत सार्वजनिक भएको छ ।

कविता खत्रीको शब्द तथा संगीत रहेको गीतको भिडियो देवी म्युजिक सोलुसनको आधिकारिक युटुवमार्फत बजारमा आएको हो । उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् ।

सागर गौतमद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको विचलनलाई चित्रण गरिएको छ । भोगाई र मानिसभित्रको पिडालाई भुल्नको लागी धेरैको यथार्थ भागाईलाई गितमा समेटिएको गायकले बताएका छन ।

गीतको एरेञ्ज पुष्कर सुनवारले गरेका हुन । म्युजिक भिडियोमा रमिला र आयुशले अभिनय गरेका छन् ।

सपना भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्