चुट्किला: कता अंकल पार्टीमा ?

आफ्नो मन पर्ने शि** सूज लगायो कि टोलको फुच्चेले- “कता अंकल पार्टीमा ?” भन्दै हैरान पारेका अंकललाई एक दिन त अंकललाई नभन्दै एउटा पार्टीको निम्ता आएछ ।
निमन्त्रण कार्डमा
‘Only Red Tie’..
लेखिएको थियो ।

अंकलले भने- हत्तेरी आज भने शि** सुजै टल्काएर जान नपाइने भो !
.
.
.
.
उनी पार्टीमा पुग्ने बित्तिकै सबै मान्छे चिच्याए- हे भगवान !  अंकल के हो यस्तो ?

अंकल- “आफू त जे निमन्त्रण कार्डमा लेख्या थियो त्यै गरेर आइयो ! यी हेर्नुस् – ओनली पिंक टाई । अनि तपाईंहरू चैं सर्ट-प्यान्टमा ठाँटिएर कता नि ?…😋😁”

कमेन्ट गर्नुहोस्