आमूल परिवर्तनका लागि सबै वामपन्थी विद्यार्थी एक हुनपर्छ : उपाध्यक्ष बस्नेत

काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले समाजवादी शिक्षा प्राप्तिका लागि सवै वामपन्थी विद्यार्थी संगठनहरु एक हुनुपर्ने वताएका छन्।

स्थापनाकालमा एउटै संगठन रुपमा खोलिएको अनेरास्ववियु समयक्रममा विभिन्न धारामा विभाजित भएको चर्चा गर्दै बस्नेतले भने, ‘अब समाजवादी शिक्षा प्राप्तिको मिसन सफल पार्न सवै वामपन्थी विद्यार्थी संगठनहरु एउटै हुनुपर्छ।’

याे पनि पढ्नुस  न्यायाधिशको सम्पति विवरण सार्वजनिक गर्ने बाध्यात्मक व्यवस्था गर्छ : कानूनीमन्त्री

आज राजधानीको मोर्गेन कलेजमा आयोजित कार्यक्रममा वोल्दै बस्नेतले भने, ‘हामीले संविधानमा शिक्षा,स्वास्थ्य र रोजगारलाई मौलिक हक भनेर लेखाउन सफल भयौं,तर त्यसलाई कार्यान्वयन गर्न अब फेरि संघर्ष गर्नुपर्छ।’

राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन भएर नहुने भन्दै बस्नेतले शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने बताए । जसकालागि सवै अखिलहरु अब एक हुनुपर्ने उनको जिकिर छ ।

कमेन्ट गर्नुहोस्