३ नं प्रदेशको सभामुखमा श्रेष्ठ निर्वाचित

हेटौंडा । प्रदेश ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध भएका छन् । सभामुखमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म तोकिएको समयमा अरु कसैले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख बनेका हुन् । एमालेकै माधवकुमार नेपाल गुटले उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा आएर रोकिएको छ ।

एक्लैको बहुमत रहेको प्रदेश ३ मा वाम गठबन्धनबाट समेत सभामुख एमालेकै भागमा परेको थियो ।

कमेन्ट गर्नुहोस्