विभिन्न संघ-संगठनमा आवद्ध दर्जनौं शिक्षक/शिक्षिका माओवादीमा प्रवेश

रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिकाका विभिन्न संघ/संगठनहरुमा आवद्ध शिक्षक/शिक्षिकाहरु माअाेवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

सुर्योदय माध्यामिक विद्यालयको प्रांगनमा एक कार्यक्रमबीच यही माघ २६ गतेदेखि विधिवत रुपमा उनीहरु अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्ने शिक्षक/शिक्षिकाहरुमा सुर्योदय माध्यामिक विद्यालयमा अध्यापन गराउने रुमबहादुर रोकामगर, लेमप्रसाद अधिकारी, लिलावती बस्नेत, इन्द्रशिला रोकामगर र हेमराज रोका क्षेत्र रहेका छन् ।

नवप्रवेशी शिक्षक/शिक्षिकाहरुलाई नेपाल राष्ट्रिय शिक्षा संगठनका केन्द्रिय सचिव राजेश सुवेदीले टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, गाउँपालिका पार्टी अध्यक्ष रत्न महरा, जिल्ला कमिटी उपाध्यक्ष खगेन्द्र विष्ट, पार्टी जिल्ला कमिटी सदस्य तथा चार वडापालिकाका अध्यक्ष रुपलाल महरा लगायतको उपस्थिति रहेको थियो । नवप्रवेशीहरुलाई सदस्यतासमेत प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्