प्रदेश ७ को सभामुखमा थापा निर्वाचित

कैलाली । प्रदेश नम्बर ७ को सभामुखमा सांसद अर्जुनबहादुर थापा निर्बिरोध निर्वाचीत भएका छन् । थापा बाहेक अन्यले दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुखको लागि उम्मेद्वारी दर्ताको समय तोकेकोमा उक्त समयमा कसैको पनि उम्मेद्वारी नपरेपछि थापा सात नम्बर प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

थापा एमालेको तर्फबाट बझाङको निर्वाचन क्षेत्र “क” बाट निर्वाचीत हुन् । उनी निर्विरोध निर्वाचित भएका प्रदेश सभा सचिवालयले समेत जनाएको छ । उम्मेद्वारी दर्ता गर्दा थापाको प्रस्तावकमा एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट रहेका थिए ।

सभामुखको उम्मेद्वारी दर्ताका लागि तोकिएको अवधिमा थापा बाहेक अन्य दलका कुनै पनि सासदले उम्मेद्वारी दर्ता नगरेको ससद सचिवालयका प्रमुख मुरारी मतहले जानकारी दिए ।

यद्यपी, थापालाई सभामुखमा निर्वाचित भएको घोषणा भने माघ २९ गते दिउँसो १ बजे प्रदेश सभाको बैठकले गर्ने महतले बताए । सभामुखलाई प्रदेश प्रमुख मोहनराज मल्लले सम्भवतः माघ २९ गते नै प्रदेश प्रमुखकै कार्यालयमा सपथ ग्रहण गराने छन् ।

शनिबार दिउँसो २ देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । आज नै बेलुकी साढे ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । यस्तै, सभामुखमा निर्विरोध निर्वाचित भएपछि थापाले सात नम्बर प्रदेशको विकाशका लागि सत्तापक्ष र प्रतिपक्षसग समन्वय गर्ने बताए ।

यसअघि पनि विभिन्न तहमा रहेर नेतृत्व गरेको भन्दै थापाले अहिले पाएको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले प्रदेशका लागि आवश्यक पर्ने कानून निर्माणलाई विषेश ध्यान दिने बताए ।

यस्तै, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दावी विरोधमाथि छानविन गरिने, २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

कमेन्ट गर्नुहोस्