विधि, विधान र नीतिअनुसार नचल्दा लज्जास्पद हार –नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ ।

नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद भीमनारायण श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा शहीद भीमनारायण श्रेष्ठका पुत्र मनोहरनारायण श्रेष्ठ र शहीद यज्ञबहादुर थापाकी पत्नी खड्गकुमारी थापालाई सम्मान गर्दै नेता केसीले सो कुरा बताउनुभएको हो ।

याे पनि पढ्नुस  काँग्रेस कार्यसम्पादन समितिको बैठक

नेता केसीले पार्टी नेतृत्व विधि, विधान र नीतिअनुसार चल्न नसक्दा गएको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको उल्लेख गर्दै पार्टीभित्र वैचारिक पुनःजागरण दिनुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “काँग्रेस हारेको छैन, सिद्धिएको छैन, र सिद्धी हाल्ने शक्ति पनि होइन । काँग्रेसलाई नयाँ जीवन दिनुपर्छ, यसका लागि पुनःजागरण गर्नुपर्छ ।”

याे पनि पढ्नुस  ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान शुरु

मञ्चका अध्यक्ष भीम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा सम्पर्क मञ्चका पूर्वअध्यक्ष नारायणप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्