माओवादी केन्द्रका नेत्रनाथ प्रदेश ४ को सभामुख बन्ने

पोखरा, माघ २८ । नेकपा माओवादी केन्द्र प्रदेश ४ ले सभामुखको टुंगो लगाएको छ ।

पार्टीको संसदीय दलको बैठकले सभामुखसहित संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको समेत टुंगो लगाएको हो ।

सभामुखमा पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्रनाथ अधिकारीको नाममा सहमति जुटेको छ । बैठकले संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेतामा रामजी बराललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  कांग्रेस एमाले छोडेर ३ दर्जन नेता कार्यक्रता माअाेवादीमा प्रवेश

प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई चयन गरेको नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।

वााम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा भागबण्डामा एमालेलाई मुख्यमन्त्री र उप–सभामुख तथा माओवादी केन्द्रलाई सभामुख दिने गरी सहमति भएको थियो ।

याे पनि पढ्नुस  वाम गठबन्धनमा खटपट, गठबन्धन छाड्ने बाबुरामको चेतावनी

यस्तै अाज एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री र उपसभामुखको टुंगो लगाउने एमाले प्रदेश ४ का कार्यालय सचिव भीम कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्