‘पजेरो काण्डको पुनरावृत्ति’ भन्दै विवेकशीलद्वारा सांसदलाई घडेरी सुविधाको कडा विरोध

काठमाडौं । प्रदेश नम्बर ३ का सांसदलाई सुविधामा घडेरी वितरण गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णयलाई विवेकशील साझा पार्टीका सांसदहरु कडा रुपमा विरोध गरेका छन् ।

उपमहानगरपालिकाले प्रदेश ३ का हेटौंडा बाहिर घर भएका संसदहरुलाई हेटौडामा सरकारी दररेटमा १० धुरका दरले घडेरी उपलब्ध गराइने निर्णय गरेको थियो । सरकारी दररेट बजारमा चलेको दररेट भन्दा निकै थोरै छ ।

याे पनि पढ्नुस  सत्ता र प्रमुख प्रतिपक्षलाई विवेकशील साझाको चुनौती

प्रदेश नम्बर तीनमा विवेकशील साझाका तीन जना सांसद छन् । विवेकशील साझाका संसदीय दलका नेता रमेश पौडेलले उपमहानगपालिकाको निर्णयलाई ‘पजेरो काण्डको पुनरावृत्ति’ को संज्ञा दिए । ‘यो हामीलाई मान्य छैन,’ हेटौंडामै रहेका पौडेलले भने, ‘घडेरी दिने निर्णय विगतको पजेरो काण्डजस्तै आलोच्य कुरा हो ।’

याे पनि पढ्नुस  विवेकशील साझाको कार्यालयबाट प्रहरीले झिक्यो मोदीविरोधी ब्यानर

उपमहानगरको उक्त निर्णयको विवेकशीलले सदन र बाहिर सशक्त विरोध गर्ने बताउदै उनले भने, ‘कि उपमहानगरपालिकाले सबै जनतालाई सरकारी दररेटमा जग्गा उपलब्ध गराउन सक्नुपर्‍यो । होइन भने यो भ्रष्टाचार हो, राज्यको दोहन हो । विवेकशीलका तीन जना संसद यो सुविधा लिने छैनौं ।’

विवेकशील साझा आफूलाई नेपालमा सुसंस्कृत, पारदर्शी, उत्तरदायी र कल्याणकारी राज्य व्यवस्था स्थापनाका लागि राजनीति गर्ने पार्टी भएको दावी गर्छ ।

याे पनि पढ्नुस  विवेकशील साझाद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग

यस अघि शेरबहादुर देउवाले प्रधानमन्त्री भएको समयमा सबै सांसदलाई पेजेरो सुविधा दिएका थिए । जसले गर्दा राज्यकोष अरबौं रुपैया खर्च भएको थियो । साथै देउवाले नै सांसदलाई पेन्सन दिने निर्णय गरेका थिए तर त्यो पछि लागु भएन ।

कमेन्ट गर्नुहोस्