रुसमा विमान दुर्घटना: ७१ जनाको गयो ज्यान, हेर्नुस भिडियो सहित

काठमाडौँ । मस्कोको दोमोदेदोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सात मिनेटमै एउटा विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालक दलका छ सदस्य सहित ७१ जनाको ज्यान गएको छ ।
रसियाली समाचार संस्था तासले आइतवार ६५ जना यात्रु लिएर उडेको सारातोफ एयरलाइन्सको यो विमान उडेको दस मिनेटभन्दा पनि कम समयमै राडारहरूसँग सम्पर्क विहीन हुन पुगेको थियो ।
विमान आइतवार दिउँसो रुसको राजधानी मस्कोभन्दा ८० किलोमिटर दक्षिण-पूर्वस्थित अर्गुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको रसियाली मिडियाहरूलाई उद्ध्र्रित गर्दै बिबिसीले जनाएको छ ।
अधिकारीहरूले विमानमा सवार सबै ७१ जना मारिएको पुष्टि गरिसकेका छन् ।
एन्तोनफ एन-१४८ यान कजाखिस्तान सीमा नजिकै ओरेनबर्ग क्षेत्रको ओर्स्क भन्ने शहरतिर गइरहेको थियो ।
हवाइसेवा क्षेत्रमा निगरानी गर्ने वेबसाइट फ्लाइटराडार२४ ट्विट गर्दै उडेको पाँच मिनेटपछि नै विमान एक हजार मिटर प्रति मिनेटको गतिले तल आउन थालेको बताएको छ ।
तास समाचार संस्थाले दुर्घटनाग्रस्त विमान हिउँले ढाकेको मैदानी इलाकामा भेटिएको र विमानमा सवार यात्रुहरूका शवहरू यताउति छरिएर रहेको अवस्थामा भेटिएको बताएको छ ।
उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक सन्तप्त परिवारजनहरू प्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाका कारणहरूबारे जाँच-बुझ गर्न आदेश दिएका छन् ।
उता एउटा नाम नखुलेका जाँचकर्ताले पाइलटले विमानमा खराबी रहेको र आपतकालीन अवतरणको अनुमति मागेको कुरा रुसको वेबसाइट ग्याजेटा डट आरयुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

याे पनि पढ्नुस  टर्कीको मालबाहक विमान किर्गिजस्तानको विमानस्थल नजिकै दुर्घटना, बत्तीस जनाको मृत्यु

विभिन्न समाचार माध्यमहरूले दुर्घटनाग्रस्त विमानको भिडियो सार्वजनिक गरेका छन् ।

यस्तो छ भिडियो –

 

कमेन्ट गर्नुहोस्