प्रदेश ७ को सभामुखमा थापा निर्विरोध निर्वाचित

धनगढी । ७ नं प्रदेशको सभामुखमा एमाले नेता अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकले थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

सभामुखमा थापाको मात्र उम्मेदवारी परेको थियो । थापा वाम गठनन्धनका तर्फबाट उम्मेदवार बनेका हुन । भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।

‘एउटामा प्रस्ताव पेश हुन आएकोले प्रदेश सभा संचालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम माननीय श्री अर्जुनबहादुर थापा प्रदेश सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’ शाहले भनिन् ।

बझाङको प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित एमाले नेता थापाको प्रस्तावक एमाले सांसद दीर्घ सोडारी र समर्थक माओवादी सांसद त्रिलोचन भट्ट रहेका थिए । निर्वाचित सभामुख थापालाई आजै दिउँसो ५ बजे प्रदेश प्रमुख मोहनराज मल्लले शथप ग्रहण गराउने कार्यक्रम रहेको छ ।

उपसभामुको निर्वाचन फागुन ६ गते
प्रदेश सभा बैठकले उपसभामुखको निर्वाचनको मिति तय गरेको छ । फागुन ६ गते दिउँसो १ उपसभामुखको निर्वाचत हुने छ ।

प्रदेश नम्बर ७ मा माओवादीले मुख्यमन्त्री र एमालेले सभामुख लिने समहमति अनुसार सभामुख बनेको हुन भने माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बन्ने छन् ।

कमेन्ट गर्नुहोस्