अमेरिकामाथि आणविक आक्रमण भएको खण्डमा कहाँ बस्लान् राष्ट्रपति ट्रंप?

वर्तमान विश्व परमाणु अस्त्रहरूको त्रास मुन्तिर बस्न बाध्य छ । हालसम्म विश्वका आठ देशहरू ( संयुक्त राज्य अमेरिका, रुस, ब्रिटेन, फ्रान्स, चीन, भारत, पाकिस्तान र दक्षिण कोरिया) ले सफलतापूर्वक आणविक अस्त्र परीक्षण गरिसकेका छन् भने इजरायलसँग पनि यस्ता हतियार रहेको अनुमान गरिन्छ ।

त्यस्तै दक्षिण अफ्रीका, बेलारुस, कजाखस्तान र युक्रेनसँग पनि कुनै समय यस्ता हतियार रहेको र हाल तिनीहरूले आफुलाई आणविक नि:शस्त्रीकरण गरेको भनिन्छ ।

तर पनि युद्धमा यसको प्रयोग गर्ने एक मात्र राष्ट्र भने संयुक्त राज्य अमेरिका हो, जसले दोस्रो विश्वयुद्धका दौरान जापानका दुई शहर नागासाकी र हिरोसिमालाई अणुबम खसालेर ध्वस्त बनाइदिएको थियो ।

वर्तमान समयमा सबैभन्दा बढी आणविक हतियार रुससँग र त्यसपछि अमेरिकासँग रहेको मानिन्छ । केही समय यता सबैभन्दा कान्छो आणविक शक्ति सम्पन्न राष्ट्र उत्तर कोरिया र सबै भन्दा जेठो अमेरिकाबीच आणविक अस्त्र प्रयोग गर्ने धम्कीको जुहारी नै चलेको थियो जुन विश्व शान्तिकै निम्ति खतरा मानिइरहेको छ ।

कस्तो छ बच्ने व्यवस्था ?

हो, यदि साँच्चै आणविक हतियारहरूको प्रयोग भइहालेको खण्डमा संसारकै सबैभन्दा सुरक्षित राष्ट्र अमेरिकामा के कस्तो सुरक्षा-व्यवस्था छ त ? के भनिन्छ भने हाल अमेरिकामा पूर्व अमरीकी राष्ट्रपति ट्रुमेनदेखि वर्तमान राष्ट्रपति ट्रंपसम्म सबै राष्ट्रपतिहरूलाई बस्न मिल्ने गरी बंकरहरू बनाइएका छन् ।

याे पनि पढ्नुस  रुसी विपक्षी नेता नभाल्नी पक्राउ, राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिन रोक

राष्ट्रपतिको सुरक्षाको निम्ति मुख्यतया दुईवटा सुविधासम्पन्न बंकर रहेका छन् । एउटा व्हाइट हाउस मुन्तिर छ, यसको निर्माण सन् १९६० मा भएको थियो भने अर्को यस्तै बंकर माउन्ट वेदर नामको पहाडमा बनाइएको छ । कुनै पनि आक्रमणको आशंका हुनासाथ राष्ट्रपतिलाई त्यहाँ लगिनेछ ।

जोन एफ केनेडी राष्ट्रपति हुँदा अमेरिकी नौसेनाले ‘पीनट आइल्याण्ड’ भन्ने स्थानमा राष्ट्रपतिका लागि एउटा सुरक्षित बंकर निर्माण गरेको थियो । यो बंकर फ्लोरिडा राज्यमा रहेको केनेडीको ‘बीच हाउस’ नजिकै रहेको छ । घरबाट मात्र दस मिनेटको दुरीमा रहेको यस बंकरमा राष्ट्रपति केनेडी अक्सर जाने गरेको भनिन्छ । यसमा रेडियोधर्मी विकिरणबाट बचाउने क्षमता रहेको थियो । यस बंकरको अर्को नाम ‘डिटेचमेन्ट होटेल’ पनि हो ।

को को जान सक्छन् त यी बंकरहरूमा

सरकारी तवरमा अमेरिकी राष्ट्रपतिका निम्ति तीन वटा बंकरहरू उपलब्ध रहेका छन्- पीनट आइल्याण्ड, व्हाइट हाउस र माउंट वेदर । ‘पीनट आइल्याण्ड’मा रहेको बंकरमा राष्ट्रपति लगायत उनका एक दर्जन सहयोगीहरू जान सक्छन् । यसमा जम्मा ३० जना अटाउन सक्छन् ।

याे पनि पढ्नुस  सिरियाको विषयलाई लिएर अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

९/११ हमलाका दौरान व्हाइट हाउस बंकरको सुरक्षा हेर्ने नौसैनिक अधिकारी रोबर्ट डार्लिंगका अनुसार त्यसताका उपराष्ट्रपति डिक चेनी बंकर भित्रबाटै कम गर्दथे । उनीससँगै उनकी पत्नी, राष्ट्र्रिय सुरक्षा सल्लाहकार कोन्डालिजा राइस, रक्षा सचिव डोनाल्ड रम्सफिल्ड लगायत अन्य केही शीर्ष व्यक्तिहरू यसभित्र रहेका थिए भने राष्ट्रपति जर्ज बुस एयरफोर्स वनमा थिए ।

अन्य भिआइपीहरूको व्यवस्थापन

कुनै समय अमेरिकी सदनका सदस्यहरूको निम्ति निर्मित बंकर अब संग्रहालयको रूपमा छ ।

त्यस्तै गरेर अमेरिकी सदनका सदस्यहरूका निम्ति पश्चिमी भर्जिनिया राज्यमा व्हाइट सल्फर स्प्रिंग नजिकै ग्रिन बायर रिसोर्टमा ‘प्रोजेक्ट ग्रीक आइल्याण्ड’ नाम दिइएको एउटा बंकर बनाइएको छ । सन् १९९२ मा यसको प्रयोग हुन छाडेपछि मात्र यसबारे खुलासा भएको थियो ।

आणविक हमला भएको अवस्थामा कतिको सुरक्षित छन् त यस्ता बंकरहरू ?

भर्जिनियामा माउन्ट वेदर नजिक बस्नेहरू यसलाई ‘डुम्स डे सिटी’ अर्थात् प्रलयदिवसको सहर भन्ने गर्छन् ।  राष्ट्रपति र उनका सहयोगीहरूका लागि एक हजार सात सय ५४ फीट अग्लो पहाडलाई बंकरमा रुपान्तरित गरिएको छ ।

यसको देखरेख एवं व्यवस्थापनको जिम्मा अमेरिकाको ‘संघीय आपतकालीन व्यवस्थापन एजेन्सी- फेमा’ ले गर्ने गर्दछ । यस परियोजनालाई सन् २००१ मा अल-कायदाले न्युयोर्कस्थित जुम्ल्याहा टावरहरूमा आक्रमण गरेपछि सुरु गरिएको थियो ।

याे पनि पढ्नुस  भारतीय माओवादी संसारकै चौथो ठूलो आतंकवादी समूह– अमेरिका

अमेरिकी सरकारका प्रायः जसो बंकरहरू शीतयुद्ध कालमा निर्माण गरिएका हुन् । त्यस्तै ट्रंपको निजी बंकर ‘मार ए लागो’ १०५० तिर धनाढ्य महिला मर्जरी मेरीवेदर पोस्टले बनाउन लगाएकी थिइन् । उनलाई अमेरिका-कोरिया युद्धको आशंका थियो ।

ट्रंपको निजी तयारी पनि कम छैन

हो, वर्तमान राष्ट्रपति ट्रंपसँग त यस्ता आक्रमणबाट बच्न आफ्नै बंकर पनि रहेको छ । यो फ्लोरिडा स्थित उनको व्यक्तिगत सम्पत्ति ‘मार-ए-लागो’ नजिक रहेको छ । जसलाई उनले १९८५ मा किनेका थिए । उनका प्रोजेक्ट म्यानेजर वेस ब्ल्याकम्यानले यस बंकर भित्र पस्नुको अनुभूतिलाई ‘कुनै पुरातात्विक खोज जस्तै’ भनेर साझा गरेका थिए ।

ब्ल्याकम्यानका अनुसार त्यस बंकरको सुदृढीकरणमा निरन्तर काम भइराखेको थियो ताकि कदाचित् कुनै महायुद्ध भइहालेको खण्डमा बच्ने ठाउँ होस् ।

तर ‘वन नेसन अंडरग्राउंड’ पुस्तककी लेखिका केनेथ रोजका अनुसार यदि आणविक युद्ध भइ नै हाल्यो भने बंकरहरूले सुरक्षा प्रदान गर्न सक्ने छैनन् किनभने त्यसबाट उत्सर्जित हुने अत्यधिक ताप र ऊर्जाले केही पनि बाँकी राख्ने छैन ।

एजेन्सीहरू

 

कमेन्ट गर्नुहोस्