प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन, को–को भए मन्त्री ?

विराटनगर । प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हुनहरुलाई नियुक्त गरेका हुन ।

एमालेका हिक्मत कार्की गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियत उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरे सामाजिक विकास मन्त्री नियुक्त भएका हुन ।

मुख्य मन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

कमेन्ट गर्नुहोस्