प्रधानमन्त्री ओलीले लिए शपथ, लालबाबु र थममाया मन्त्रीमा नियुक्त

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिएका हुन । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो । ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बिहीबार बिहान प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

संविधानको धारा ७६ को उपधारा २ मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

याे पनि पढ्नुस  माओवादीले आज सरकारमा मन्त्री पठाउने

बिहीबार बिहान एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै दावी पेश गरेका थिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक पर्छ ।

प्रतिनिभिसभामा एमालेका १ सय २१ र माओवादीको ५३ सांसद छन् । ओली देशको ४१ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् । यसअघि उनी २०७२ असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

याे पनि पढ्नुस  आज नेकपा स्थायी कमिटी बैठक, अन्तरविरोध साम्य पार्न प्रचण्ड मुख्य भूमिकामा

यसैबीच, प्रधानमन्त्री ओलीले एमालेबाट लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुले पनि राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रले सुरुदेखि नै पहिला पार्टी एकताको टुंगो लगाएर मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउदा राम्रो सन्देश जाने भन्दै आएको थियो । पछिल्लो समय नियमित रुपमा शीर्ष तहमा पार्टी एकताका लागि छलफलहरु भई नै रहेका छन् । तर त्यसले अन्तिम रुपमा पाएको छैन ।

याे पनि पढ्नुस  सामुहिक प्रयासले मात्र शान्ति- प्रधानमन्त्री ओली

एमाले नेतृत्व पार्टी एकता प्रक्रियालाई टुंग्याउने भन्दा पनि पहिला सरकार गठन गर्न हतारिएपछि बुधबार पार्टी एकताका लागि खाका तयार गरेर घोषणा गर्न भनि बसेको बैठक विना निष्कर्ष सकिएको थियो । एमालेको सरकार गठनको हतारोले गर्दा पार्टी एकता प्रक्रिया लम्बिएको बुझाई माओवादीको रहेको छ ।

त्यसैले पार्टी एकता नटुंगिदाँसम्म सरकारमा नजाने मनस्थितिमा माओवादी केन्द्र रहेको छ । तर ओली सरकारलाई बाहिरबाट समर्थन गर्ने लक्षण माओवादीले देखाएको छ ।

कमेन्ट गर्नुहोस्