काठमाडौंको लगनटोलस्थित एक घरमा भीषण आगलागी, एक जना घाईते

काठमाडौं, फागुन ५ । काठमाडौंको लगनटोल स्थित एक घरमा भीषण आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २१ लगनटोलस्थित अमृत रञ्जीतको घरमा आगो लागेको हो । आगलागीमा परेर प्रविण श्रेष्ठ घाइते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

याे पनि पढ्नुस  भाटभटेनी सुपरमार्केटमा लागेको आगो निभाइयो (भिडियाेसहित)

मध्यराति रञ्जीतको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आज बिहान मात्र आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट रञ्जीतको घरका दुई वटा सिलिन्डर विस्फोट भएपछि नजिकैको अष्टनारायण महर्जन र सरोज शाक्यको घरमा समेत क्षति पुगेको छ ।

याे पनि पढ्नुस  सप्तरीमा आगलागी, तीन घर नष्ट

हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्