ट्रम्पले गरे भारतीय र चिनिया महिलाका लागि खतरानाक हुने फैसला

वाशिंगटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पको एउटा प्रस्तावित फैसला प्रवासी भारतीय महिलाका लागि खतरनाक हुने देखिएको छ ।

श्रीमानमार्फत् अमेरिका पुगेर काम गरिरहेका महिलाले काम गर्न नपाउने गरी ट्रम्पले प्रस्ताव गरेका छन् । बीबीसीको वेवसाइटमा प्रकाशित समाचार अनुसार पछिल्लो यो फैसला कार्यान्वयन भए अमेरिकामा बसिरहेका धेरै भारतीय महिलाको रोजगारी गुम्ने छ । यसअघि, दोस्रो देशबाट ‘प्राइमरी भिसा’मा अमेरिकामा रोजगारी गरिरहेका व्यक्तिका पति र पत्नीलाई काम गर्ने अधिकार दिइएको थियो ।

याे पनि पढ्नुस  बेहुली नपाइएपछि १० लाख डलरसम्म खर्च गर्न तयार

बाराक ओबामा प्रशासनले सन् २०१५ देखि लागू गरेको यो प्रावधानलाई ट्रम्प फिर्ता लिन चाहन्छन् । समाचार अनुसार ट्रम्पले उक्त कदम उठाए हजारौं भारतीय र चिनिया महिला रोजगारीबाट मुक्त हुने छन् ।

विगत १ दशकदेखि अमेरिकामै बसिरहेकी नेहा महाजनका बच्चाको लागि अमेरिका नै घर हो । नेहाका पतिलाई दक्ष कामदारको रुपमा अमेरिकामा काम गर्ने भिसा मिलेको थियो । त्यसकै आधारमा नेहा पनि अमेरिका पुगेर काम गरिरहेकी छन् । ‘मलाई यस्तो लाग्दैछ कि म पिजरामा परेकी छु,’ ट्रम्पको प्रस्तावित फैसलाबारे जानकारी पाएपछि नेहाले भनिन्, ‘मैले अब एक गृहिणी भएर बस्नुपर्ने छ ।’

याे पनि पढ्नुस  आकाशेपुलबाट खसेको कारमुन्तिर च्यापिएर ५ जनाको मृत्यु

केही दिनअघि नेहासहित कतिपय भारतीयले वाशिंगटनमा विरोध प्रदर्शन गरेका थिए । चीन र भारतका महिलालाई यो प्रस्तावित फैसलाले सबैभन्दा बढी असर गर्नेछ । चीन र भारतबाट अधिकांश पुरुष नै दक्ष कामदारको भिसामा अमेरिका पुगेका हुन्छन् । तसर्थ, उनीहरूका पत्नीलाई यो फैसलाले रोजगारमुक्त बनाइदिने छ ।

याे पनि पढ्नुस  किशोरको हत्यापछि तनाव

‘राष्ट्रपति अमेरिकी नागरिकलाई रोजगारी दिन चाहन्छन् र तलब पनि बढाउन चाहन्छन्,’ अमेरिकाको केन्द्रीय अध्यागमन विभागका सञ्चार निर्देशक माग्रेट टेलफर्डले भने, ‘दोस्रो देशबाट कामदार ल्याउँदा कम्पनीलाई त फाइदा हुन्छ, सस्तोमै कामदार मिल्छन् । तर, अमेरिकी कामदारलाई घाटा हुन्छ ।’

कमेन्ट गर्नुहोस्