राष्ट्रिय टोलीका सदस्यलाई जनही तीन लाख दिने सरकारकाे निर्णय

काठमाडौं । सरकार विश्व क्रिकेट लीग डिभिजन टूको उपविजेता हुँदै विश्वकप छनोट खेलका लागि छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ।

प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै सरकारका तर्फबाट प्रतिखेलाडी तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। पुरस्कार रकम आगामी शनिबार वितरण गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

याे पनि पढ्नुस  मुख्यसचिव सुवेदी पदमुक्त, अतिरिक्त दरबन्दी खारेज

नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेट छनोट खेल्न शनिबार नै जिम्बाब्वे प्रस्थान गर्दैछ। भर्खरै मात्र नेपाली टिम डिभिजन टु मा उपविजेता हुँदै विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो।

सोही टोलीलाई बधाई दिन प्रधानमन्त्री ओलीले आज टोलीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका हुन्।

याे पनि पढ्नुस  सरकारले अब संस्थानमा लगानी नगर्ने

कमेन्ट गर्नुहोस्