साउथ चाइना पोस्टको पहिलो पृष्ठमै ओलीको अन्तर्वार्ता, भारतमा हलचल

काठमाडौं, फागुन ८ । प्रधानमन्त्री केपी ओलीको अन्तरवार्ता हङकङबाट प्रकाशित हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ को पहिलो पृष्ठ मै प्रकाशित भएको छ ।

सो अखबारको मंगलबारको संस्करणमा ओलीको अन्तरवार्ताले निकै महत्व पाएको छ भने भारतमा सोही अन्तरवार्तालाई लिएर हलचल भएको छ । भारतीय मिडियाले सो अन्तरवार्ताका आधारमा ओलीले चीनसँग गहिरो सम्बन्ध बनाउँदै भारतसँग बढी फाइदा लिने रणनीति अख्तियार गरिरहेको विश्लेषण प्रकाशित गरेका छन् ।

याे पनि पढ्नुस  वाम गठबन्धन लोकतान्त्रिकभन्दा ७ हजार मतले म्याग्दीमा अगाडि

अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भारतसँग हाम्रो कनेक्टिभिटी राम्रो छ, खुला सीमा छ । यी सब ठिकै छन्, हामी कनेक्टिभिटी अझ बढाउँछौं तर हाम्रा दुई छिमेकी छन् भन्ने कुरालाई हामी बिर्सिदैनौं ।’

ओलीले आफूहरु कुनै एक देशसँग निर्भर नहरने पनि अन्तरवार्तामा प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘हामी कुनै एक देशसँग निर्भर हुन चाहँदैनौं, केवल एउटा विकल्पमा रहँदैनौं ।’

याे पनि पढ्नुस  समाजवादका लागि निस्वार्थ एकता गरेका हौ, भागवण्डाको स्वार्थ छैन: गणेश साह

भारतसँगको सम्बन्धका बारेमा चर्चा गर्दै उनले भनेका छन्, ‘भारतसँग हाम्रो सम्बन्ध राम्रै छ । भारतमा केही तत्वले भ्रम सिर्जना गर्ने कोसिस गरे तर भारतीय नेताहरुले भविष्यमा त्यस प्रकारको हस्तक्षेप नहुने र एक अर्काको स्वायत्तताको सम्मान गर्ने आश्वासन दिएका छन् ।’

याे पनि पढ्नुस  सबैको चासो गोरखा २, यस्ता छन दलका चुनाबी रणनीति

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई समयानुकुल परिमार्जन गर्ने चाहना पनि प्रकट गरेका छन् ।

ओलीको सो अन्तरवार्ता प्रकाशित भएलगत्तै नवभारत टाइम्स, अमर उजालालगायतका भारतीय अखबारका अनलाइन संस्करणमा विश्लेषणत्मक समाचार प्रकाशित भएका छन् । ती समाचारमा ओलीले चीनलाई देखाएर भारतसँग फाइदा लिन खोजेको टिप्पणी गरिएको छ ।

कमेन्ट गर्नुहोस्