राजधानीको तीनकुनेको शंकास्पद बस्तु सेनाले निष्क्रिय पार्यो

काठमाडौं, फागुन ८ । राजधानीको तीनकुनेमा रहेको वागमती पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

महानगरीय प्रहरी वृत बानेश्वर कार्यालय नजिकै रहेको पुलमा राखिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो ।

वागमती पुलमा शंकास्पद बस्तु देखिएपछि अवरुद्ध बनेको बानेश्वर तीनकुने रुटमा केही समय अघिबाट सवारी साधन चल्न थालेका छन् ।

याे पनि पढ्नुस  वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

कमेन्ट गर्नुहोस्