धनगढीमा हुने डीपीएलको दोस्रो संस्करणका लागि सम्पन्न भयो खेलाडीहरूको निलामी

काठमाडौं । चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने ‘धनगढी प्रिमियर लिग’को दोस्रो संस्करणका निम्ति खेलाडीहरूको निलामी बुधबार सम्पन्न भएको छ।

राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न उक्त निलामीमा सहभागी हुन कुल १९२ जनाले आवेदन दिएका थिए जसमध्ये लिगमा सहभागी हुने ६ टिमले बढाबढ मार्फत कुल ७२ जना खेलाडी खरिद गरे । त्यस्तै १२ जना खेलाडीलाई ट्यालेन्ट हन्टमार्फत निलामीमा सहभागी गराइएको थियो ।

खेलाडीहरूलाई ४ वटा श्रेणीमा छुट्याएर सो निलामी सम्पन्न गरिएको थियो।

‘ए’ श्रेणीको खेलाडीहरु माथि बोली लगाउदै सुरु गरिएको अक्सनमा बसन्त रेग्मी, करन केसी, आरिफ शेख, सागर पुन सबैभन्दा महँगो १ लाख ५० हजार रुपैयाँमा बेचिए । रेग्मीलाई पारस खड्का रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले, करन केसी र आरिफ शेखलाई, बिनोद भण्डारी रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले तथा सागर पुनलाई र शक्ति गौचन रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले खरिद  गऱ्यो ।

याे पनि पढ्नुस  डिपिएल क्रिकेट : रुपन्देहीद्वारा कञ्चनपुर १४ रनले पराजित

बिराटनगर किंग्सले १ लाख २० हजार रुपैयाँमा पृथु बास्कोटालाई तथा पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल साहलाई समान १ लाख रुपैयाँमा खरिद गर्यो।

१२ खेलाडी किन्न सबैभन्दा कम ७ लाख २० हजार खर्चेको दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई १ लाख रुपैयाँमा तथा सन्दिप जोरालाई ९० हजार र सुबास खकुरेललाई ८० हजार रुपैयाँमा किन्यो। यु-१९ रास्ट्रिय क्रिकेट टिमका सदस्य रहीसकेका शुभांकर उरावलाई च्यालेन्जर्सले ८५ हजार रुपैयाँमा किन्यो।

याे पनि पढ्नुस  डिपिएलमा धनगढी टिम चौराहसामु रुपन्देहीको ९१ रनको चुनौती

ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले नरेश बुढाएरलाई सर्वाधिक १ लाख २० हजार रुपैयाँमा तथा ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र साहब आलमलाई १ लाख रुपैयाँमा खरिद गर्यो। सन्तोष भट्टलाई ९५ हजार रुपैयाँ तथा राशिद खानलाई ५५ हजार रुपैयाँमा गोल्डेन्सले खरिद गर्यो।

महेन्द्रनगर युनाइटेडले करन केसी र आरिफ शेखलाई १ लाख ५० हजार खर्च गर्दा रोहित पौडेल र भुवन कार्कीलाई १ लाख रुपैयाँमा किन्यो। हरिशंकर शाहलाई ९५ हजार तथा अभिनाश कर्णलाई ८० हजार रुपैयाँमा किनेको टिमले आसिफ शेखलाई किन्न ५५,००० हजार खर्च्यो।

याे पनि पढ्नुस  पारस खड्काको कप्तानीमा रहेको धनगढी चौराहको लगातार दोस्रो हार

रुपन्देही च्यालेन्जर्सले सागर पुनलाई १ लाख ५० हजारमा किन्दा, विक्रम भुसाल, सुशन भारी र सिद्धान्त लोहनीमा १ लाख खर्च्यो। यस्तै जितेन्द्र मुखियाले ९० हजार तथा प्रदिप ऐरीले ८० हजार मुल्य पाए।

सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले योगेन्द्र सिंह कार्की, ललित सिंह भण्डारी, सोनु तामांग र सुनिल धमलालाई १ लाख रुपैयाँमा किन्यो। राजेश पुलामीले ८० हजार मुल्य पाए भने शंकर राना र रबिन्द्र जंग शाही ५५ हजार रुपैयाँमा खरिद भए।

कमेन्ट गर्नुहोस्