समायोजनमा कर्मचारीको अत्तो – एक तह बढुवा र अतिरिक्त भत्ता माग

काठमाडौं, फागुन १० । निजामती कर्मचारी संगठनहरुले प्रदेश र स्थानीय तहमा समायोजन गर्दा एक तह बढुवा र आतिरिक्त भत्ता नभएसम्म काममा नजाने अत्तो थापेपछि प्रदेशमा काजमा खटाएका कर्मचारी कार्यक्षेत्र पुगेका छैनन्।

प्रदेशमा पठाउँदा सचिवलाई प्रदेश मुख्य सचिव र सहसचिवलाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी दिएको तर अन्य पदकालाई भने बढुवा नदिएको भन्दै कर्मचारी संगठन प्रदेश र स्थानीय तहमा जान मानेका छैनन्।

याे पनि पढ्नुस  कर्मचारीको रिक्त दरबन्दी पठाउन सबै स्थानीय तहलाई परिपत्र

कर्मचारी संगठनले सबै कर्मचारीले एक तह बढुवा र आतिरिक्त भत्ता मागेका कारण सरकारलाई स्थायी समायोजन सुरु गर्न र अस्थायी समायोजनका लागि खटाउन कठिन भएको हो।

महिनौं पहिले प्रदेश र स्थानीय तहमा सरुवा गरिएका कर्मचारी अटेर गर्दै केन्द्रमै बसेका छन् ।, नागरिक दैनिकमा खबर छ ।

याे पनि पढ्नुस  मन्त्री पण्डित भन्छन्, ‘समायोजनमा नजाने कर्मचारी बर्खास्त हुन्छन्’

कमेन्ट गर्नुहोस्