अमेरिकामा शिक्षकलाई बन्दुक बोकेर विद्यालय जाने कुरामा ट्रम्पको समर्थन, भने- यसले हिंसा रोक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयमा भइरहेको बन्दुकजन्य हिंसा रोक्न शिक्षकहरूलाई समेत बन्दुक बोक्ने अनुमति दिने कुरामा समर्थन जनाएका छन् ।

वुधवार व्हाइट हाउसमा आयोजित एक कार्यक्रममा लगभग विद्यार्थी र तिनका अभिभावक मिलाएर लगभग ४० जनाको कुरा सुन्ने क्रममा ट्रम्पले यस्तो विचार व्यक्त गराएका हुन ।

‘हतियारहरूले सुसज्जित शिक्षक बन्दुक आक्रमणलाई रोक्न सक्छन्’ राष्ट्रपति ट्रम्पले भने । उक्त कार्यक्रममा उनले विद्यालय वरिपरि ‘गन फ्री जोन’ बनाइराख्दा त्यसले हमलाकारीलाई विद्यालहरूलाई निसाना बनाउन सजिलो भइराखेको भन्दै शिक्षकले बन्दुक बोक्ने कुरामा समर्थन जनाएका हुन् ।

याे पनि पढ्नुस  किमलाई भटेपछि ट्रम्पको पहिलो प्रतिक्रियाः निकै प्रतिभावान र आफ्नो देशलाई एकदमै माया गर्ने व्यक्ति

उनले शिक्षकहरूलाई बन्दुक बोक्न दिने योजना विवादित भएपनि विद्यालयलाई ‘गन फ्री जोन’ बनाएको कुराको पनि आलोचना गरे ।

राष्ट्रपतिले भने, “गन फ्री जोन वाहियात कुरा हो किनभने यस्तोमा कायरहरूले आक्रमणको अवसर पाउँछन् ।”

पछिल्लो साता फ्लोरिडाको एउटा स्कुलमा गोली चलाइँदा १७ जनाको ज्यान गएपछि राष्ट्रपति समक्ष यस्ता आक्रमणहरू फेरि हुन नदिन अपिलहरू भइरहेका छन् ।

राष्ट्रपतिले बन्दुक खरिदकर्ताकी पृष्ठभूमिबारे राम्ररी जाँच गरिनुपर्ने अपिलमा पनि सहमति जनाएका छन् ।

यता उक्त आक्रमणमा बचेकाहरूले फ्लोरिडाका जनप्रतिनिधिहरूको ‘बन्दुक नियंत्रण’ नीतिप्रति जनमत जुटाउन सहयोग गर्ने भएका छन् ।

याे पनि पढ्नुस  छोटा लुगा लगाएको भन्दै शिक्षकले गाली गरेपछि विरोधमा नाङ्गिइन छात्रा, भिडियो सहित

कार्यक्रममा राष्ट्रपति ट्रम्पले मेजररी स्टोमन डगल हाई स्कुलका विद्यार्थीहरूलाई आफूहरूले बन्दुक खरिदकर्ताको पृष्ठभूमि बारे कडाइका साथ जाँच गर्न लगाउने र मानिसहरूको मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिने वचन दिए ।

उनले भने, “अब पहिले जस्तो हुन्न । अति भइसक्यो, धेरै घटना घटिसके, अब हामी यसको अन्त्य गर्नेछौं ।”

राष्ट्रपतिले अमेरिकामा बन्दुक नियंत्रणको विरोध गर्दै आइरहेको संस्था ‘नेसनल राइफल एसोसिएसन (एनआरए) को प्रस्तावलाई समेत समर्थन गरे । यस संस्थाले बढी बन्दुकहरूले नै देश बढी सुरक्षित हुने तर्क गर्दै आइरहेको छ ।

याे पनि पढ्नुस  उत्तर कोरियाली सर्वोच्च नेता किम सिंगापुरमा, राष्ट्रपति ट्रम्प जादैं

राष्ट्रपति ट्रम्पले विद्यालय शिक्षकहरू र अन्य कर्मचारीहरूलाई बन्दुक बोक्न दिइनुपर्ने कुरामा दह्रो समर्थन जनाए । उनका अनुसार, “यदि शिक्षकहरू पनि हतियार चलाउन निपुण भएको खण्डमा यस्ता हमलाहरू तुरुन्त रोक्न सकिन्छ ।”

ट्रम्पसँगको यो भेट पहिले व्हाइट हाउस बाहिर निकालिएको ऱ्यालीमा सयौं विद्यार्थीहरू भाग लिएका थिए ।

उता फ्लोरिडा आक्रमणमा बाँच्न सफल रहेकाहरूले राज्यको राजधानीमा जनप्रतिनिधिहरूसँग ‘असल्ट राइफल’को बिक्रीमा रोक लगाउनु पर्ने माग गरेका  थिए ।

 

सूचना स्रोत: बिबिसी विश्वसेवा

कमेन्ट गर्नुहोस्