कुवेतमा कार्यरत नेपालीले गरे आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । कुवेतमा रहेको नेपालीहरुको संस्था ‘सगरमाथा परोपकारी समाज कुवेत’ बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

सामाखुशीस्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था उपाध्यक्ष निम केसीबाट नगद रु.१ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरणपछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ सशक्त काम गरोस् भन्ने कामना व्यक्त गरे ।

त्यस्तै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिंदै राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सगरमाथा परोपकारी समाज कुवेतले विदेशमा रहेर पनि स्वदेशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ भने राष्ट्रिय अविष्कार केन्द्र काठमाडौंले देशका हरेक क्षेत्रको अनुसन्धान गर्दै ती क्षेत्रमा प्रतिभा जन्माउँदै उनीहरुलाई प्रोत्साहित गर्दै आएको छ ।

उक्त संस्थामा हालसम्म करिव ६ करोड जम्मा भई गत ६ महिनादेखि उद्देश्यअनरुपको काम सुरु गरिएको अध्यक्ष पुनले बताए ।

कमेन्ट गर्नुहोस्